आइतबार १५ असार, २०८२
Sunday, June 29, 2025

जसपा कार्यसमितिको बैठक सुरु, उम्मेदवार चयन र गठबन्धनमा बस्‍ने-नबस्नेबारे निर्णय गर्ने

काठमाडौं– आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन जनता समाजवादी (जसपा) को कार्यसमिति बैठक सुरु भएको छ । काठमाडौँमा केहीबेर अगाडि सुरु भएको बैठकले प्रतिनिधि तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवार टुंगो लगाउने जसपा प्रवक्ता मनिषकुमार सुमनले जानकारी दिए । 

आजको बैठकले जसपा सत्तारुढ गठबन्धनमा बस्ने नबस्नेसमेत निर्णय गर्नेछ । ‘बैठक उम्मेदवार छनौट र सिट बाँडफाँटका विषयमा केन्द्रित हुनेछ,’ प्रवक्ता सुमनले भने । 

गठबन्धनले गरेको सिट बाँडफाँटमा जसपाले असन्तुष्टि जनाइरहेको छ । सिट भागबण्डा न्यायोचित नभए गठबन्धनबाट अलग हुने चेतावनी जसपाको छ । जसपाले मधेसका ३२ मध्ये १६ निर्वाचन क्षेत्रसहित २० सिट दाबी गरेको छ । तर, गठबन्धनले जसपालाई १६ सिट मात्र दिएको छ ।