माओवादी प्रवेश गर्न काठमाडौँ हिँडेका द्वारिकालाल चौधरी भन्छन् : एमालेलाई धुलो चटाउँछु

काठमाडौँ- इटहरी उपमहानगरपालिकाका पूर्वमेयर तथा एमाले नेता द्वारिकालाल चौधरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्ने भएका छन् । एमाले सुनसरीका पूर्वअध्यक्षसमेत रहेका चौधरीले आफू माओवादी प्रवेशका लागि केहीबेर अघि काठमाडौँ हिँडेको जानकारी दिए ।
चौधरीका अनुसार उनी आइतबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का हातबाट टीका ग्रहण गरी माओवादी प्रवेश गर्नेछन् । उनले माओवादीबाट चुनाव लड्ने–नलड्नेबारे केही बताउन भने चाहेनन् । ‘सबै कुरा अहिले नै भन्दिनँ । सबै कुरा असोज २३ गते थाहा हुन्छ,’ इकागजसँग उनले भने ।
स्थानीय तह चुनावमा इटहरीको मेयरमा आफ्ना नाम सर्वसम्मत सिफारिस नगरेपछि उनी एमालेसँग रुष्ट थिए । तर, मेयरको टिकट नपाएकै कारण आफूले पार्टी परिवर्तन गर्ने निर्णय नगरेको बताए । ‘मलाई एमालेले सिफारिस गरेको छ । तर, जुन टिकटबाट उठेर जितिँदैन त्योबाट किन उठ्ने ?’ उनले भने ।
उनले आफूलाई जसले जस्तोसुकै आरोप लगाए पनि फरक नपर्ने बताए । ‘सँगै काम गर्दा महान् क्रान्तिकारी भन्छन् । छुट्टिँदा भने दक्षिणपन्थी, पथभ्रष्ट भन्छन् । वामपन्थीहरूको रेडिमेड प्रतिक्रियाको मलाई मतलब छैन,’ उनले सुनाए ।
चौधरीले एमाले परित्याग गरेर एमालेलाई धुलो चटाउने दाबी गरे ।
माओवादी स्रोतका अनुसार चौधरी प्रदेश सभा सदस्यको टिकट पाउने शर्तमा माओवादी प्रवेश गरिरहेका छन् । इटहरीको मेयर हुँदा चौधरी आफ्ना अभिव्यक्तिका कारण थुप्रै पल्ट विवादमा तानिएका थिए । उनले एक पत्रकारलाई दुर्व्यवहारसमेत गरेका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया