चाडपर्वमा घर जान नपाउने फौजीको पीडामा पुष्पनको ‘लाहुर’

काठमाडौं - चाडपर्वमा घर जान नपाउने फौजीको पीडामा पुष्पन प्रधानको स्वरमा ‘लाहुर’ बोलको गीत सार्वजनिक भएको । गीतले खासगरी दसैँ र तिहार जस्ता चाडमा परिवारसँग भेट्न नपाउँदाको पीडालाई स्वर दिएको छ ।
कमजोर आर्थिक अवस्थाका कारण लाहुर जान वाध्य नेपाली कसरी चाडबाडमा पनि घर आउन पाउँदैनन् भन्ने यथार्थलाई गीतले फरक तरिकाले प्रस्तुत गरेको छ । परिवारको आग्रह र घर फर्किने आफ्नै चाह हुँदाहुँदै पनि परिबन्धमा परेर मन बाँधेर बस्नु पर्ने परदेशिएका नेपालीको कथालाई गीतले दुरुस्त उतारेको छ । संगीत तयार गरेका सुशान्त गौतमले कोरसको प्रयोगमार्फत एउटै गीतबाट फौजी र परिवारको कथा बयान गराएका छन् । उनले शब्द भने अनिल शर्माको सहयोगमा तयार गरेका छन् ।
हरि हुमागाईंले निर्देशन गरेको म्युजिक भिडियोले गीतको कथालाई न्याय गरेको छ । भिडियोमा पुष्पन प्रधानको कन्सेप्ट डिजाइन रहेको छ । भिडियोमा प्रकाश सपूत, रेश्मा घिमिरे, राजेन्द्र हुमागाईं, गोकुल हुमागाईं, सायना हुमागाईंलगायतको अभिनय छ ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया