फेरि आफूभन्दा दोब्बर कम उमेरकी माेडलको प्रेममा 'टाइटानिक' हिरो

लसएञ्जल्स - आफूभन्दा दोब्बर कम उमेरका युवतीसँग डेट गर्न माहिर हलिउड अभिनेता लियोनार्दो डिकाप्रियोले फेरि एक पटक यो इतिहास दोहोर्याएको चर्चा छ । भर्खरै २६ वर्षकी प्रेमिका क्यामिलो मोरोनसँग छुट्टिएर सिंगल रहेको मानिएका ‘टाइटानिक’ अभिनेता लियो क्यामिलाभन्दा जम्मा १ वर्ष जेठी गिगी हाडिडसँग प्रेममा परेको खबर छ ।
अमेरिकाको फिल्मी सहर लसएञ्जल्समा झल्याकझुलक देखिन थालेका लियो र गिगी पेरिसमा सँगै देखिएपछि दुवैबीच गहिरो अफेयर सुरु भएको चर्चा छ । पेरिस फेसन विकमा सहभागी हुन पेरिस पुगेकी गिगी र लियोलाई होटलमा सँगै देखिएको खबर छ ।
लियोसँग अफेयरमा पर्नुअघि गिगीले केही साल गायक जयान मलिकलाई डेट गरेकी थिइन् । दुवैबीच छुट्टानाम भएकै दुई तीन वर्ष नाघिसक्यो । तर गिगीसँग लियोको अफेयरलाई क्यामिलाले भने अझै पत्याउन सकेकी छिन् । हलिउड रिपोर्टरका अनुसार गिगी र क्यामिलो मिल्ने साथी हुन् र दुवैले सँगै काम पनि गरेका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया