विभिन्न घटनामा ६ जनाको मृत्यु

मकवानपुर- बागमती प्रदेशको विभिन्न जिल्लामा फरक-फरक घटनामा परेर ६ जनाको मृत्यु भएको छ ।
प्रदेशको नुवाकोट, धादिङ, मकवानपुर, चितवन र सिन्धुली जिल्लामा भएको घटनाबाट ६ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरीले जनाएको हो ।
नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका ६ का ६५ वर्षीय ईन्द्रबहादुर पाठक आफ्नै घर पोत्ने क्रममा करेन्ट लागी घाइते भएकामा उपचारका क्रममा काठमाडौँस्थित विपि हस्पिटल बसुन्धारामा मृत्यु भएको छ । नुवाकोटकै विदुर नगरपालिका १३ का ५४ को कृष्ण दमाईले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन् ।
यता धादिङ जिल्ला थाक्रे गाउँपालिका ४ लितीमा १ जानको मृत्यु भएको छ । आग्रखोला नजिकै फुटबल चौर बनाउनका लागि माटो निकाल्दा भएको खाल्डोमा जमेको पानीमा परेर सन्त गोलेका छोरा अन्दाजी १४ वर्षका संजय गोलेको डुबेर मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका उनको उपचारका लागि काठमाडौँ टिचिङ हस्पिटल लगिएकोमा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । धादिङ जिल्लाकै बेनिघाट रोराङ गाउँपालिका ५ कृष्णभीरमा सवारी दुर्घटनामा परी १ जना घाइते भएका छन् । पृथ्वी लोकमार्गमा काठमाडौँबाट बर्दिया जाँदै गरेको बा.प्र ०२ -०३१ प ०८३५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा बर्दिया जिल्ला बाराबर्दिया गाउँपालिका ७ बस्ने २९ वर्षीया बसन्ती पोखरेल घाइते भएको प्रहरीले जनाएको छ ।
यसैगरी सिन्धुली जिल्ला घ्याङखेल ४ मा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । स्थानीय ६८ वर्षीय जितबहादुर आलेको आफ्नै घरमा राखेको मिलमा धान कुट्न मिल चलाई रहेको अवस्थामा चट्याङले हानेर मृत्यु भएको हो ।
यसैगरी चितवन जिल्ला रत्ननगर नगरपालिका २ मा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । टांडीबाट सुब्बाचोक तर्फ जाँदै गरेको ना ४८ प ४५८४ नम्बरको मोटरसाइकल र जयमंगलाबाट खानेपानी ट्याङ्की तर्फ बाटो क्रस गर्दै गरेको बा १७ च ७७७७ नम्बरको कार एकापसमा ठोक्किदा मोटरसाइकल चालक चितवन रत्ननगर १४ लौरीघोल बस्ने ५१ वर्षीय रामबहादुर गुरुङ घाइते भएका छन् ।
मोटरसाइकल पछाडी सवार गुरुङकी श्रीमती ४० वर्षीया सुमित्राको टाउकोमा चोट लागि गम्भीर घाइते भई नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु प्रदेश प्रहरीले जनाएको छ ।
यता मकवानपुर जिल्लाको बकैया गाउँपालिकाको धरानचतरा सडकखण्डमा हेटौंडाबाट जुरेली तर्फ आउँदै गरेको ना ७ त ५०७२ नम्बरको खाली ट्याक्टरमा सवार लेवर काम गर्ने अन्दाजी २३ का सुमन लो गुडिरहेको ट्याक्टरबाट खसेर घाइते भएकोमा उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया