‘विचारभन्दा माथि देश’ खारेज गरेको भन्दै विवेकशील साझा लुम्बिनीकाे सामूहिक राजीनामा

काठमाडौँ- विवेकशील साझा पार्टीको लुम्बिनी प्रदेश समितिका पदाधिकारीसहित ३१ जनाले सामूहिक राजीनामा दिएका छन् । पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले अगाडि सारेको ‘विचारभन्दा माथि देश’ दस्तावेज आफूहरूसँग छलफल नै नगरी खारेज गरेको भन्दै उनीहरूले सामूहिक राजीनामा दिएका हुन् ।
शनिबार जारी गरिएको वक्तव्यमा भनिएको छ, ‘अहिले रवीन्द्र मिश्रज्यू पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिनुभएको, केन्द्रीय समितिको दुईतिहाइ बहुमतद्वारा पारित ‘विचारभन्दा माथि देश’ देश’ दस्तावेज पार्टीका सार्वभौम सदस्यहरूसँग सहकार्य नै नगरी काठमाडौँमा रहेका सीमित व्यक्तिहरूले एकलौटी रूपमा खारेज गरेका तथा रवीन्द्र मिश्र बिनाको वैकल्पिक राजनीति सफल नहुने यथार्थ कुरामा सिंगो लुम्बिनी प्रदेशका सम्पूर्ण सदस्यहरूको ठहर रहेको हुँदा आजको मितिदेखि लागू हुने गरी विवेकशील साझा पार्टी लुम्बिनी प्रदेश समिति भंग गर्दै सम्पूर्ण जिल्ला समितिसमेत आजको मितिदेखि भंग गर्दै प्रदेश समिति, जिल्ला समिति, नगर तथा गाउँ पालिका समितिमा रहनुभएको तपसिलका सम्पूर्ण जिम्मेवार सदस्यहरूको विवेकशील साझा पार्टीका साधारण सदस्य नरहने गरी आजको मितिदेखि लागू हुने गरी राजीनामा गरेका छौँ ।’
प्रदेश समिति संयोजक अनुमान सैंजु, संगठन विभाग प्रमुख मधुसुदन केसी, प्रवक्ता केशवराज खनालसहित ३१ जनाले शनिबार एक वक्तव्य जारी गर्दै राजीनामा दिएका हुन् ।
विज्ञप्तिमा लुम्बिनी प्रदेशका जिल्ला, गाउँ, नगरलगायत सबै समिति खारेज गरेको पनि उल्लेख गरिएको छ ।
स्रोतका अनुसार राजीनामा दिएकाहरू छिट्टै राजेन्द्र लिङ्देन नेतृत्वकाे राप्रपामा प्रवेश गर्ने तयारीमा छन् ।
प्रेस वक्तव्य-

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया