विवेकशील साझा छाड्नेको लर्को, यादव र भण्डारीले पनि त्यागे पार्टी

काठमाडौं- विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य निरुपमा यादव र सुदूरपश्चिम प्रदेश संयोजक दिनेशराज भण्डारीले पार्टी त्याग गरेका छन् । यादव र भण्डारीले छुट्टा–छुट्टै वक्तव्य जारी गर्दै पार्टीबाट राजीनामा दिएका हुन् ।
दुवैले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका हुन् । यद्यपि पार्टी अस्तित्वमा रहेसम्म आफ्नो साथ र शुभेच्छा रहिरहने उनीहरूले बताएका छन् ।
शनिबार मात्र लुम्बिनी प्रदेशका पदाधिकारीसहित ३१ जनाले राजीनामा दिएका थिए । पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले अगाडि सारेको ‘विचारभन्दा माथि देश’दस्तावेज आफूहरूसँग छलफल नै नगरी खारेज गरेको भन्दै उनीहरूले सामूहिक राजीनामा दिएका हुन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया