अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि पाँच कृति चयन

काठमाडौँ - हरेक वर्ष गैरआवासीय नेपाली लेखकद्वारा लेखिएको सर्वोत्कृष्ट कृतिलाई प्रदान गरिने दुई लाख रुपैयाँ राशिको अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि पाँच उत्कृष्ट कृति मूल्यांकन समितिले सिफारिस गरेको छ ।
छनोटमा परेका पुस्तकमा चेतनाथ आचार्यको 'रूइबा' (उपन्यास), नगेन्द्र न्यौपानेको 'बर्मा र थाइल्यान्डभित्र नेपाल' (नियात्रासंग्रह), अजित उत्सवको 'आकाशगङ्गाको किनार' (कवितासंग्रह), दीपा मेवाहाङ राईको 'यादको सन्दुक' (कवितासंग्रह) र काङमाङ नरेश राईको 'तेप्लायु' (कवितासंग्रह) छन् ।
पुरस्कार व्यवस्थापन समितिको बैठकले उक्त सिफारिसलाई अनुमोदन गरी थप अध्ययन गरेर उल्लेखितमध्ये सर्वोत्कृष्ट कृतिलाई यस वर्षको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्ने जानकारी गराइएको छ ।
छनोटमा परेको आचार्यको 'रूइबा' मा तामाङ संस्कृतिको प्रभाव र महिलाको आजीवन कठिन संघर्षलाई उठाइएको छ । न्यौपानेको 'बर्मा र थाइल्यान्डभित्र नेपाल'मा वैचारिक निबन्धको झलक पाइने जनाइएको छ । यस्तै, काङमाङ नरेश राईको कविता 'तेप्लायु'मा सरल र कलात्मक कविता संगालो छ । दीपा मेवाहाङ राईको कविता संग्रह ‘यादको सन्दुक'मा जीवन, प्रेम र समाजसित जोडिएका स्मृतिजन्य सुकोमल भावलाई काव्यिक धरातलमा लेखिएको छ ।
उत्सवको ‘आकाशगङ्गाको किनार'का कवितामा युगौंदेखि नेपाली समाजमा उनिएर रहेका विभेद, तिरस्कार र अन्यायको विरोध तथा पहिचानको आवाज उठाइएको छ ।

‘भानुभक्तको कृतिले नेपाललाई एकढिक्का बनाउन योगदान दिएको छ’
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_Yt5BFJQCkd_of316rjywlbh4tv9zopt7nqtzfa023sqixdq1bpypdfckfcgrbuhdrqdza1s.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

प्रतिक्रिया