दया र सौगातको ‘दुई नम्बरी’को शीर्ष गीत सार्वजनिक

काठमाडौँ - प्रतियोगिताबाट शीर्ष गीत चयन गरेको ‘दुई नम्बरी’ टिमले रिलिज संघारमा विजेता बन्न सफल गीत सार्वजनिक गरेको छ । निर्माण टिमले सोमबार भूषण ‘हाँस्नै गाह्रो छ यहाँ’ बोलको गीत सार्वजनिक गरेको हो । निर्माण टिमले दुई नम्बरीको मर्म सुहाउने गरी गीत तयार गर्न प्रतियोगिताको आयोजना गरेको थियो । यसरी आयोजना गरेको प्रतियोगिता भूषण खतिवडाले जितेका थिए । ५० हजार नगद जित्न सफल यही गीतलाई निर्माण टिमले लिरिकल भिडियो बनाएर सार्वजनिक गरेको हो ।
गीतले युवाहरूको दिक्दारी र देशमै केही गर्ने अठोटलाई लयमा समेटेको छ । भूषण खतिवडाको शब्द, स्वर र संगीत समावेश यस गीतमा रिकेश गुरुङको एरेन्जमेन्ट र दीपक गुरुङको एनिमेसन रहेको छ ।
यही असोज २१ मा प्रदर्शन हुने फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासनासिंह ठकुरी, वुद्धि तामाङ आदि कलाकारको अभिनय रहेको छ । फिल्ममा दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको छ ।
फिल्मलाई किरण नेपालीले दीपक मनाङे, अमलादेवी राई, जयश श्रेष्ठ आदिसँग मिलेर बनाएका हुन् । फिल्मको यसअघि निस्केका टिजर र गीतलाई दर्शक रुचाएका थिए । ‘कबड्डी४’ पछि दया र सौगातको जोडी पर्दामा देखिन लागेकाले दर्शकमा यो फिल्मलाई लिएर प्रतीक्षा रहेको आँकलन छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया