पहिलो तीन दिनमै ऐश्वर्या रायको फिल्मले कमायो २ सय करोड

मुम्बई - मणिरत्नम्को निर्देशन रहेको फिल्म ‘पोन्नियन सेल्भन’को पहिलो भागले तीन दिनमा मात्र विश्वभरबाट दुई सय करोड कमाएको छ । पहिलो दिन ८० करोड कमाइ गरेको फिल्मले मिश्रित प्रतिक्रियाका बावजुद अकल्पनीय कमाइ गरेको हो ।
तीन दिनको कमाइसँगै यो फिल्म तमिल फिल्म उद्योगको इतिहासमा सर्वाधिक कमाउने फिल्मको सूचीमा अगाडि रहेको विश्लेषण गरिएको छ । किनकि यो फिल्मले तीन दिनमै अजितको ‘भलिमाई’को कुल बक्स अफिस कमाइलाई उछिनेको छ भने विजयको ‘बिस्ट’लाई पनि चौथो दिन उछिन्ने छ । दुवैले क्रमश ः १ सय ६८ करोड र २ सय १८ करोड कमाइ गरेका थिए ।
सन् २०२२ मा यी दुईलाई पनि उछिनेर कमल हासनको ‘विक्रम’ सर्वाधिक कमाउने फिल्मको सूचीमा सामेल थियो । यो फिल्मले विश्वभरबाट ४ सय करोड कमाइ गरेको आँकडा छ ।
‘पोन्नियन सेल्भन’को कमाइ यही गतिमा रहे यो फिल्मले हप्ता दिनमै ‘विक्रम’को रेकर्ड भेट्ने अनुमान छ । किनकि यो फिल्मले अझै एक दिन दसेराको बिदामा दर्शकको साथ पाउन सक्नेछ । मणिरत्नम्ले आफ्नो ड्रिम प्रोजेक्टको रुपमा चर्चा गर्दै गरेको फिल्ममा विक्रम, कार्थी, जयम रभी, ऐश्वर्या राय, तृषा कृष्नन् आदि कलाकारको अभिनय रहेको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया