सो नपाएको भन्दै भुवन केसीको राजीनामा माग्दै ‘बाबरी’ टिम

काठमाडौँ - प्रेमगीत ३ को सिको गर्दै बाबरी टिमले पनि चलचित्र विकास बोर्डले हल व्यवस्थापन गर्न नसकेको भन्दै अध्यक्ष भुवन केसीको राजीनामा माग गरेको छ । निर्माण टिमले सोमबार रिपार्टस् क्लबमा पत्रकार सम्मेलन गर्दै आफूहरुलाई हलमा विभेद गरिएको भन्दै गुनासो गरेको हो ।
निर्देशक सुरेन्द्र पौडेलले यदि नेपाली फिल्माथि अन्याय भइरहँदा बोर्डले केही गर्न नसक्ने हो भने बोर्डको कुर्सीमा बसिरहने कुनै औचित्य नभएको भन्दै भुवन केसीले राजीनाम दिनुपर्ने बताएका थिए ।
‘दर्शकले तीन तीन पटकसम्म फिल्म हेरिरहेको बताउनु भएको छ । दसैैँमा टीकापछि बल्ल फिल्म चल्छ । तर यहाँ त टीकासम्म त एउटा पनि सो बाँकी नरहला जस्तो भो । हाम्रो सो हाउसहुँदा हुँदै अर्कै फिल्मका लागि सो छुट्याइएको छ, यो हामीमाथि अन्याय हो,’ पौडेलले भने ।
फिल्मका अभिनेता धिरज मगरले पनि आफ्नो फिल्म हेर्न दर्शक आइरहँदा पनि सो घटाउने काम भएको भन्दै गुनासो गरेका थिए । उनले भने, ‘यो कसको दोष हो मलाई थाहा छैन तर दर्शकले हेर्न खोज्दा खोज्दै पनि हाम्रो फिल्म हेर्न पाइरहनु भएको छैन ।’धिरजको कुरामा सही थाप्दै अदिती बुढाथोकीले पनि सो बढाइदिन आग्रह गरेकी थिइन् । उनले सम्बन्धित मान्छेले यो कुरा बुझेर सहयोग गर्न आग्रह गरेकी थिइन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया