‘अभिनयमा रमाउँदै छु’ : अभिनेत्री अदिति बुढाथोकी

काठमाडौँ- मोडलिङ क्षेत्रमा परिचित नाम अदिति बुढाथोकी अभिनयमा सक्रियता बढाउँदै छिन् । ‘कृ’ मार्फत अभिनयमा डेब्यु गरेकी अदिति अभिनित दोस्रो फिल्म ‘बाबरी’ प्रदर्शनरत छ । भारतीय म्युजिक भिडियोमा अभिनय गरिसकेकी अदितिले धेरै नेपाली फिल्मको अफर स्वीकार गरिनन् । “म हतारमा फिल्म गर्ने सोचमा थिइनँ । कोरोना महामारीका कारण पनि ‘प्रोजेक्ट’ ढिला भएको हो । सुहाउँदो भूमिका आएमा काम गर्नेछु”, उनले भनिन् ।
उनी नेपालबाटै मोडलिङको सुरुआत गरेर भारतस्थित मुम्बईमा काम गरिरहेकी छिन् । नेपालमा एक विज्ञापनमा काम गरेपछि अदितिलाई मुम्बईबाट ‘मायालु नुडल्स’ मा मोडलिङ गर्ने प्रस्ताव आएको थियो । त्यसयता उनी मुम्बईमै मोडलिङ गरिरहेकी छिन् । “मैले मुम्बई वा नेपाल भनेर काम गरिरहेकी छैन । जहाँ मलाई प्रस्ताव गरिन्छ, बुझेर काम गर्ने गरेकी छु”, उनले भनिन् ।
यहाँको ‘वर्किङ कल्चर’ले उनलाई समस्या पार्ने उनी बताउँछिन् । उनी भन्छिन्, “हामीकहाँ अझै व्यावसायिकता कम छ । काम पूरा नगर्न बहाना बनाउन पाइन्छ । त्यसले ‘सेड्युल’ लाई असर गर्छ”, अभिनेत्री बुढाथोकीले भनिन् । काममा पूर्णरूपमा समर्पित भएर नलागेसम्म त्यसले गतिलो नतिजा नदिने उनको बुझाइ छ । उनले डेब्यु फिल्ममा छायाङ्कनका लागि पटकपटक नेपाल आउँदा काम नभएपछि फर्किनुपरेको थियो ।
यही कारण पनि दोस्रो फिल्म उनले होम प्रोडक्सनकै गरिन् । “म बाहिरी प्रोडक्सनमा पनि काम गर्न तयार छु । दुई फिल्मले मलाई वर्किङ कल्चर बुझाइरहेको छ”, अभिनेत्री बुढाथोकीले भनिन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया