राजदेवीमा १५ हजार बोका बलि

जनकपुरधाम - जनकपुरधामको प्रसिद्ध शक्तिपीठ माता राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलिप्रदान सम्पन्न भएको छ । सोमबार राति ८ बजेर ४१ मिनेटदेखि बिहान ३:४० बजेसम्म १४ हजार ९ सय ४१ बोकाको बलि प्रदान भएको पूजा व्यवस्थापक महावीर युवा कमिटीले जनाएको छ ।
निशा पूजा सम्पन्न भएलगत्तै बोका बलिका लागि यसपालि ४ वटा अस्थायी ठेहा राखिएको थियो । प्रत्येक ठेहामा १० जनाको समूहमा स्वयंसेवक परिचालनगरी प्रतिमिनेट ४० को संख्यामा बलिप्रदान गरिएको कमिटीका अध्यक्ष बलराम साहले जानकारी दिए ।
उनका अनुसार बलिप्रदानका लागि हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरू लाइन लागेका थिए । बलिप्रदान कार्यक्रमलाई व्यवस्थित बनाउन आयोजक महावीर युवा कमिटीले ५ सयको संख्यामा स्वयंसेवक परिचालन गरेको थियो ।
गत वर्ष राजदेवी मन्दिरमा १४ हजार ७ सय बलिप्रदान भएको थियो । त्यसको अघिल्लो वर्ष कोरोना महामारीका कारण
८ हजार ९ सय ६८ मात्र बलि दिइएको थियो ।
यसैबीच महाअष्टमीका दिन जनकपुरधामस्थित विभिन्न शक्तिपीठहरूमा प्रसाद चढाउनका लागि करिब ३५ हजार किलो लड्डु बिक्री भएको अनुमान गरिएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले लड्डु बिक्रीबाट करिब २ करोडको आर्थिक कारोबार भएको बताए ।

भैरहवामा धम्म यात्रा, बाटोमा फूल छरेर भिक्षुको स्वागत

ठमेलमा होली हंगामा हुँदै

भोजपुरको प्रसिद्ध सिद्धेश्वर शिवपञ्चायन मन्दिर संरक्षण गर्दै स्थानीयवासी

संस्कृति पुनर्जीवित गर्दै बागलुङ बजारका स्थानीय

मेलामार्फत लोक संस्कृति संरक्षण गरिँदै

जोखिमयुक्त झोलुङ्गे पुलमार्फत यात्रा गर्न बाध्य भक्तजन

हराउँदै ढिकीजाँतोको प्रचलन

प्रतिक्रिया