सात पाकिस्तानी प्रहरी र बनपाले कट्टरपन्थीको कब्जामा

एजेन्सी : कट्टरपन्थी इस्लामीक पार्टीका समर्थकहरूले कम्तीमा सात पाकिस्तानी प्रहरी र विशेष वन अधिकारीहरूलाई आइतबार बन्धक बनाएका छन् । फ्रान्स विरोधी प्रदर्शनका केही दिनपछि यो घटना भएको पाकिस्तानी अधिकारीहरूले बताएका छन् ।
घटनामा तेहरिक–ए–लब्बाइक पाकिस्तान (टीएलपी) समूहको सम्लग्नताको अनुमान प्रहरीले गरेको छ । लाहोरका प्रहरी प्रवक्ता राणा आरिफले एएफपीसँग भने,'टीएलपीका सदस्यहरूले सात प्रहरी अधिकारी तथा बनका कर्मचारीलाई बन्धक बनाएको सूचना आएको छ । प्रहरीले उनीहरूको सकुशल रिहाईका लागि अनुसन्धान अघि बढाइसकेको छ ।'
घटनाको पुष्टि गर्दै पञ्जाब प्रान्तीय सरकारका प्रवक्ता फिरदौस आशिक अवानले भने,'केही प्रदर्शनकारीहरूले १२ प्रहरीलाई नियन्त्रणमा लिई लाहोरको टीएलपी मस्जिदमा लगिएको बुभिएको छ । मस्जिदमा सयौं समर्थक जम्मा भएका र घटनालाई थप उत्तेजित हुन नदिइकन उनीहरूलाई मुक्त गर्न प्रहरी तथा प्रशासन लागिसकेको छ ।'

इरान र अमेरिका बिच बार्ता सकारात्मकतर्फ, अप्रिल २६ मा फेरी हुनेछ ओमानमा बार्ता

कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो

गाजामा इजरायली हमलाको ४८ घण्टा : ९० जना बढीको मृत्यु
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_6PqttWXwFX_b1utr7hqiby80nkyv0dgm3mv0spt1qihzmlelscskwx4g3t1f6evkz8qvtnv_qBNVJIPrhu_l3utme1hsqfkyorlahbkx4jqm75swnsk9zbugbrpmvb7mnknoizrcevru7s9.jpg)
ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार

अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने

कंगोमा डुङ्गामा आगलागी हुँदा १४३ जनाको मृत्यु

‘फोटो अफ द इयर’ पुरस्कार पाउने समर, जसले फोटोग्राफीको तालिमसम्म लिएकी छैनन्

प्रतिक्रिया