शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

प्रधानमन्त्री देउवाले टीका ग्रहण गरेनन्

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको विजयादशीमीको टीका ग्रहण गरेनन् ।  भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले टीका नलगाएको र अरुलाई पनि टीका नलगाइदिएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । 

प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले परिवारका अन्य सदस्यलाई पनि टीका नलगाईदिएको हो ।