सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

फरक घटनामा २ जनाको मृत्यु

सांकेतिक तस्वीर

मकवानपुर - फरक घटनामा परी मकवानपरमा २ जनाको मृत्यु भएको छ । मकवानपुरको राक्सीराङ गाउँपालिका वडा नंबर ६ मा घर नजिकैको ढिस्को खसेर पुरिदा ४७ वर्षका तोकबहादुर चेपाङको मृत्यु भएको छ ।
वडा नंबर ६ मागेनीमा रहेको घरमा एक्लै बसेको अवस्थामा एक्कासी ढिस्को खसेर पुरिँदा उनको ज्यान गएको राक्सीराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए ।
यसैगरी मकवानपुरको कैलाश गाउँपालिका वडा नंब ३ मा रहेको कालिखोलाले बगाउँदा स्थानीय ६५ वर्षका दलबहादुर चेपाङको ज्यान गएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । कालिका बजारबाट सामान किनेर घर फर्कने क्रममा खोलाले बगाएर उनको ज्यान गएको हो।