एमाले मकवानपुरले सार्वजनिक गर्यो उम्मेदवारको अन्तिम टुङ्गो

मकवानपुर - नेपाल कम्युनिस्ट पार्टी एमाले मकवानपुरले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागि उम्मेदवारको अन्तिम टुङ्गो लगाएको छ । राप्रपा नेपालसँग गठबन्धन गरेर सूर्य चिन्हमा कमल थापाको उम्मेदवारी पक्का भएको बहस चल्दै गर्दा एमाले मकवानपुर आधिकारिक नाम सार्वजनिक गरेको हो ।
एमाले मकवानपुरका अनुसार मकवानपुरबाट प्रतिनिधिसभा क्षेत्र नंबर १ मा रामेश्वर राना तथा क्षेत्र नंबर २ मा महेश बर्तौलाले टिकट पाएका छन् । प्रतिनिधिसभा क्षेत्र नंबर १ अन्तरगत प्रदेश ‘क’ मा कमल विष्ट तथा ‘ख’ मा एकलाल श्रेष्ठले टिकट पाएका छन् । यता क्षेत्र नंबर २ को ‘क’ मा विष्णु ढकाल तथा ‘ख’मा लालबहादुर थापाले टिकट पाएका छन् । एमालेबाट टिकटको फाईनल लिष्ट आएको बताउँदै एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले पार्टी अब चुनावी अभियानमा लाग्ने बताए ।
बडा दशै मनाउँदै गर्दै पार्टीले उम्मेदवारको अन्तिम टुङ्गो लगाएको हो । यसैबीच पर्व मनाउने सन्दर्भमा गाउँघर पुगेका नेताहरूले मतदाता घरभेट कार्यक्रमलाई तिव्रता दिएका छन् । दशै सकिना साथ २३ असोज अर्थात् कोजाग्रत पूर्णिमा कै दिन उम्मेदवारी दर्ता भएकोले पनि नेताहरू चुनावको चटारोले छोएको छ ।

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया