पहिरोले ढाल्यो लमही–घोराही प्रसारण लाइनको टावर

काठमाडौं–अविरल वर्षासँगै गएको पहिरोबाट दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइनको एउटा टावर ढलेको छ । शुक्रबार गएको पहिरोले लमही–घोराही १३२ केभी प्रसारण लाइन अन्तर्गत लमही नगरपालिका–६, बेल्दामारस्थित १८ नं टावर ढालेको हो ।
प्रसारण लाइनमा ढलेपछि त्यस क्षेत्रको विद्युत आपूर्ति अवरोध भएको थियो । प्राधिकरणले अहिले वैकल्पिक व्यवस्था गरी घरायसी ग्राहकलाई विद्युत दिएको छ । प्राधिकरणले हापुरे सवस्टेसनबाट ३३ केभी प्रसारण लाइनबाट लमही, घोराहीलगायतका क्षेत्रका घरायसी ग्राहकलाई विद्युत आपूर्ति दिएको जनाएको छ । त्यस क्षेत्रमा धेरै विद्युत खपत गर्ने सिमेन्ट उद्योगहरु सञ्चालित छन् ।
प्राधिकरणले लमही–घोराही १३२ केभी प्रसारण लाइनको टावर नै ढलेपछि आपत्कालीन पुनस्र्थापना प्रणाली (इआरएस) अन्तर्गत रहेको टावर जडान गरी विद्युत आपूर्ति दिने जनाएको छ ।
इआरएस टावर जडानका लागि सर्भेक्षण गर्न टोली खटाइएको छ । टावर जडान गर्न केही दिन लाग्ने प्राधिकरणले बताएको छ ।

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_ZUi0UiGC9P_q3yn2wc2fjjttnwfbm8dgacxtqhp9tkvvklyjtb4wosgbtr0pdky5suckhik.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

जलविद्युत् आयोजनाको ‘मकिङ’ खोलामा फाल्दा बाढीको जोखिम

पानीका स्रोतलाई आर्थिक समृद्धिका लागि उपयोग गर्नुपर्छ : मन्त्री खड्का

प्रतिक्रिया