तनहुँ क्षेत्र नं १ मा रामचन्द्र पौडेल

तनहुँ- आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले दुवै क्षेत्रको उम्मेदवार टुङ्गो लगाएको छ । शनिबार राति मात्रै कांग्रेसले उम्मेदवार टुङ्गो लगाएको हो ।
कांग्रेसले तनहुँ क्षेत्र नं १ मा वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै क्षेत्र नं २ मा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय भएको छ । क्षेत्र नं २ का कारण उम्मेदवार चयनमा ढिलाइ भएको कांग्रेस तनहुँले जनाएको छ ।
कांग्रेसले दुवै निर्वाचन क्षेत्रमा पुरानै अनुहार दोहोर्याएको छ । कांग्रेसले प्रदीप पौडेललाई काठमाडौँ क्षेत्र नं ५ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ । विसं २०७४ को निर्वाचनमा पौडेल र भण्डारी पराजित भएका थिए ।

७० रोपनी क्षेत्रफलमा अङ्गुरखेती
धवलागिरिको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिँदै

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

विषादी न्यूनीकरणमा जोड दिँदै कृषि ज्ञान केन्द्र

दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घण्टौँ लाइनमा बस्नुपर्ने

स्थानीय जातका गाई र हालगोरू पाल्ने कृषकलाई अनुदान वितरण

प्रतिक्रिया