रानाको टिकट खोसियो, कमल थापा सूर्य चिह्नबाट चुनाव लड्ने भएपछि एमाले कार्यकर्ता आक्रोशित

मकवानपुर - राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापा अन्ततः मकवानपुरको प्रतिनिधि सभा १ बाट सुर्य चिह्न लिएर चुनावमा जाने पक्का भएको छ ।
गत स्थानीय तहको निर्वाचनमा हेटौँडा उपमहानगरपालिकाको मेयरको चर्चामा रहेको एमाले नेता रामेश्वर रानालाई संघीय निर्वाचनमा टिकट पक्का गरी ब्याक हुन लगाइएको थियो । एमालेका सन्त नेता मानिने रानाले खासै विरोध नगरे पनि उनका समर्थकहरूले संघीय निर्वाचनमा पार्टीबाट घात हुनसक्ने भन्दै व्यापक विरोध गरेका थिए । अन्तत त्यो सत्य सावित भएको छ ।
२१ गते एमालेले मकवानपुरबाट ६ जना उम्मेदवारहरूमा नेताहरूको नाम सार्वजनिक गर्यो । तर, ति नामको मसी सुक्न नपाउँदै केही घण्टामै केन्द्रीय कमिटीको बैठकले मकवानपुर १ बाट रानाको नाम हटाएर राप्रपा नेपालका अध्यक्ष थापाको नाम राखिएपछि मकवानपुरे एमालेजनहरूले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् ।
स्थानीय चुनावमा रानालाई ब्याक गराइएकै कारण हेटौँडा उपमहानगरपालिकामा एमालेको हार व्यहोर्नु परेको विश्लेषण गर्ने गरिएको छ । प्रतिनिधि सभाको निर्वाचनमा मकवानपुर १ बाट उम्मेदवार बनाउने तयारी हुँदै आएको थियो ।
दसैँताका राप्रपा अध्यक्ष थापाले केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो सहमति भइसकेको भन्दै गृह जिल्ला मकवानपुरमा एमालेको गुणगान गाउन थालेपछि एमालेजनमा शंका उब्जिएको थियो ।
दसैँमा एमाले मकवानपुरले आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा राप्रपा अध्यक्ष थापा उनका भाइ गणेश थापालगायत दर्जनौँ कार्यकर्तासँगै पार्टी कार्यालय पुगेपछि एमालेजनमा झनै शंका बढेको थियो ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रानाको टिकट खोसेर थापालाई सूर्य चिन्हबाट चुनाव लड्ले एमाले अध्यक्ष ओलीसँग सहमति भएपछि रानाको टिकट खोसिएको हो ।
थापा शाही शासनका अन्तिम गृहमन्त्री हुन् । नेकपा एमालेको बागमती प्रदेश इन्चार्ज काशीनाथ अधिकारीले थापा सूर्य चिह्न लिएर चुनाव लड्ने निश्चित भएको बताए ।
एमाले मकवानपुरले थापाको जनमत नभएको भन्दै उनलाई उम्मेदवार बनाउन नहुने टिप्पणी गर्दै आएको छ ।
यसैबारे एमाले कार्यकर्ताहरू यसअघि पार्टी अध्यक्ष ओली कहाँ डेलिगेसन नै गएको थियो । तैपनि अन्तिम समयमा ओलीले थापालाई आफ्नो पार्टीबाट उम्मेदवार नबनाउने बचन दिएको बताइएको थियो । अन्ततः थापा एमाले चिन्हबाट उम्मेदवार पक्का भएपछि कार्यकर्ताहरू उनलाई जिताउनको लागि नलाग्ने बताइरहेको छन् ।
यता कमल थापाले आफ्नो जीवनकालमा अन्तिम पटक चुनावी मैदानमा आएको भन्दै सहानुभूतिको मत माग्दै हिँडेका छन् । एमाले मकवानपुरले पार्टीको निर्णयलाई स्वीकार गरेर चुनावी मैदानमा जाने बताएको छ ।

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया