मध्यरातमा घनश्याम भुसाललाई प्रचण्डको फोन : हामी सहयोग गर्छौँ उम्मेदवारी दिनुस्
काठमाडौँ- नेकपा एमाले परित्याग गरेका घनश्याम भुसाललाई संघीय चुनावमा सत्ता गठबन्धनले सहयोग गर्ने भएको छ । रुपन्देही-१ बाट स्वतन्त्रबाट उम्मेदवारी दिने घोषणा गरेका भुसाललाई सत्ता गठबन्धनले सहयोग गर्ने भएको हो ।
सत्ता गठबन्धनले टिकट भागबन्डा लगाउँदा रुपन्देही-१ नेकपा माओवादी केन्द्रको भागमा परेको थियो । भुसाललाई फोन गरेर सत्ता गठबन्धनको सहयोग रहने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बचन दिएका थिए ।
प्रचण्ड गएराति फोन गरेर उक्त क्षेत्रमा सत्ता गठबन्धनको उम्मेदवारी नहुने भुसाललाई बताएपछि आइतबार बिहान भुसालले पत्रकार सम्मेलन गरेर जानकारी दिएका थिए ।
एमालेले टिकट नदिएपछि भुसालले केही दिनअघि मात्रै पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया