धनुषा ३ : 'जुलीलाई टक्कर दिने लोसपाका महतो आउट, झाको इन्ट्री'

जनकपुरधाम- धनुषाका प्रमुख क्षेत्र मानिएका क्षेत्र नं. ३ मा एमाले नेतृ जुलीकुमारी महतोलाई टक्कर दिने भनिँदै आएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतो प्रतिस्पर्धाबाट आउट भएको छ ।
सत्ता गठबन्धनको चुनावी तालमेलमा राजेन्द्र महतो सांसद रहेको सो क्षेत्रबाट आउँदो निर्वाचनमा उनको लोसपाकै नेता अनिल झाले टिकट पाएका छन । धनुषा ३ बाट २०७४ सालको निर्वाचनमा जित निकालेका लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले सो क्षेत्र छोडेपछि जुली विरुद्ध लोसपाले कांग्रेसको आग्रहमा नेता झालाई उठाउने भएको छ ।
गत निर्वाचनमा रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट जित निकालेका झाको सो क्षेत्रमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल लड्ने भएपछि गठबन्धनलाई सिट मिलाउन सकस भएको थियो । अन्ततः झालाई समावेश गर्न महतोलाई सर्लाही २ मा पठाइएको छ । महतो लड्ने सर्लाही २ मा चुनावी तालमेल सत्ता गठबन्धनको माओवादीबाट महेन्द्र राय यादव लडने भएपछि मित्रवत प्रतिष्पर्धा हुनेछ ।

मधेस सरकारले मलखाद समयमै उपलब्ध गराउनुपर्छः कांग्रेस सभापति यादब

सिरहामा एक युवकको शव फेला, हत्याको आशंका

सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबारका भन्सार छलीका सामान बरामद

बारामा ४३ लाख राजश्व छलीको सामानसहित ट्रक बरामद

लागू औषधसहित स्याङजाका मगर गौरमा पक्राउ

स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ

प्रतिक्रिया