थप २५६९ जनामा कोभिड-१९ पुष्टि

काठमाडौं : नेपालमा बुधबार थप २५६९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परीक्षणका थप २५६९ जनामा कोभिड पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख दुई हजार ३ सय २९ जना पुगेको छ । बुधबार काठमाडौं उपत्यकामा थप १ हजार २ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ९ सय ७६ , भक्तपुरमा ८१ ललितपुरमा २ सय ४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
त्यस्तै बुधबार कोभिडका कारण थप २६ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म १ हजार १ सय ७४ जनाले कोभिड संक्रमणबाट कारण ज्यान गुमाएका छन् ।
बुधबार १ हजार ६ सय ६६ जना सक्रमणमुक्त भएका छन् भने हालसम्म १ लाख ६२ हजार २ सय ४३ जना संक्रमणमुक्त भएको मन्त्रालयका प्रवक्ता गौतमले जाकारी दिए । .
प्रवक्ता गौतमका अनुसार अहिले आइसोलेनमा ३८ हजार ९ सय १२ जना छन् । त्यस्तै १ हजार १ सय ९ जना क्वारेन्टाइनमा छन् । हालसम्म १५ लाख ७४ हजार २ सय ९५ पीसीआर गरिएको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया