नवौँ राष्ट्रिय खेलकुदको ट्रफी पोखरामा

पोखरा- नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी पोखरा आइपुगेको छ । आयोजक गण्डकी प्रदेशको राजधानी पोखरामा ल्याइएको ट्रफी मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सार्वजनिक गरेका छन् ।
ओलम्पियन दिपक विष्टको संयोजकत्वमा गठित ५ सदस्यीय ट्रफी टुर कार्यदलको टोली सोमबार पोखरा आएको हो ।
ट्रफीको पहिलो सार्वजनिक गत भदौ ३१ मा प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए । राष्ट्रिय खेलकुद परिषद्ले यस पटक सबै प्रदेशका राजधानी, महानगरलगायतका ठाउँमा ट्रफी सार्वजनिक गरिसकेको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङको उपस्थितिमा सार्वजनिक गरिएको यो ट्रफी अब प्रतियोगिता अवधिभर पोखरामै राखिनेछ ।
१० लाख लागतमा निर्माण गरिएको ट्रफी नियमित ३ संस्करणका विजेताले स्थायी रुपमा पाउनेछन् । ट्रफीमा ५ किलो चाँदी र २ तोला सुनको प्रयोग गरिएको छ । नवौं राष्ट्रिय खेलकुद यहि असोज २८ देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा आयोजना हुँदैछन् ।

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

प्रतिक्रिया