सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

पहिरोले सात परिवार विस्थापित

बाजुरा - लगातारको अविरल वर्षाले बाजुराको हिमाली गाउँपालिकामा सात परिवार विस्थापित भएका छन् । सोही गाउँपालिका–५ का सात परिवार जमिन भासिएर पहिरो जान थालेपछि विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिए ।     
    
प्रहरीकाअनुसार विस्थापित हुनेमा सोही वडाका स्थानीय दाने बुढथापा, जयलाल बुढथापा, जयलाल बुढथापा, करन बुढथापा रहेका छन् । यसैगरी विस्थापित हुनेमा धनबहादुर बुढथापा, नरेन्द्र बुढथापा र विष्णु कार्की रहेको प्रहरी निरीक्षक बोगटीले बताए । विस्थापितलाई आफन्तकोमा सुरक्षित ठाउँमा सारिएको छ ।