एकै पालिकाबाट १५ जना नवौँ राष्ट्रिय खेलकुदका लागि छनोट

धनुषा- एकै पालिकाबाट १५ खेलाडी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएका छन् । जिल्लाको मिथिला नगरपालिकाबाट १५ खेलाडी छनोट भएका हुन् । छनोट भएकामध्ये १४ हक्कीका एकजना खो–खोका खेलाडी भएको स्थानीय हिमालय युवा क्लबका पूर्वध्यक्ष अरुणकुमार महतोले जानकारी दिए ।
पन्ध्र खेलाडीमध्ये सात पुरुष र आठ महिला रहेको उनले बताए । ती खेलाडी आज बिहान पोखराका लागि प्रस्थान गरेका छन् । हक्की खेलका लागि छनोट हुनेमा पुरुषतर्फ उमेश श्रेष्ठ, नवीनकुमार महतो, रुपेश राई, अजयकुमार साह, पुरुषोत्तम महतो, अजयकुमार महतो, अमित राय छन् ।
त्यस्तै महिलातर्फ अञ्जलीकुमारी महतो, भूमिकाकुमारी महतो, नीराकुमारी महतो, श्रृति राय, आरतीकुमारी महतो, मधुकुमारी साह, प्रितिकुमारी महरा र अञ्जलीकुमारी साह हुनुहुन्छ । त्यसैगरी खो–खो खेलतर्फ रुपा राई छनोट भएका छन् । आफ्नो पालिकाबाट यतिको सङ्ख्यामा खेलाडी राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएकामा भएपछि आफूहरु निकै खुसी भएको मिथिला नगरपालिकाकी उपप्रमुख सुनिता सिंह बुढाथोकीले बताइन् ।
आज बिहान खेलाडीलाई बिदाइ गर्दै खेलाडी र खेलकुदको विकासका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने उहाँको भनाइ थियो । हिमालय युवा क्लबका पूर्व अध्यक्ष महतोले भने, 'यहाँ धेरै क्रिकेट, फुटबल, भलिबल, ब्याडमिन्टन, कबड्डी, कराँतेलगायत खेल खेल्ने खेलाडी धेरै छन् तर व्यवस्थापन र प्रशिक्षकको अभावका कारण ती खेलका खेलाडी खासै फस्टाउन सकेको छैन ।' उनले प्रदेश सरकार र स्थानीय सरकारले खेलकुदमा ध्यान दिए यहाँबाट विभिन्न खेलमा दर्जनौँ खेलाडी उत्पादन गर्न सकिने बताए । रासस

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

प्रतिक्रिया