पछिल्लो चौबिस घण्टामा बाढी र पहिरोमा परी १७ जनाको मृत्यु, १७ जना बेपत्ता

काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशका विभिन्न स्थानमा बाढी र पहिरोका घटनामा परी १७ जनाको मृत्यु भएको छ । ती घटनामा परी १७ जना बेपत्ता भएको र १५ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार कालिकोट, मुगु, हुम्ला र बाजुरामा बाढी र पहिरोमा परी उनीहरुको मृत्यु भएको हो ।
बाढी र पहिरोमा परी बाजुरामा १, हुम्लामा ४, मुगुमा ८, कालिकोटमा ३, र जुम्लामा १ जनाको मृत्यु भएको छ । बाढी र पहिरोमा परी कालिकोटमा १७ जना बेपत्ता भएका छन् ।
बाढी र पहिरोले बितेको चौबिस घण्टामा ७३ लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति गरेका प्राधिकरणले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया