टिकट नपाएपछि ओलीलाई रावलको प्रश्न : संदिग्ध र हरियो सर्पलाई माथि चढाउने को ?
काठमाडौँ- नेकपा एमालेका नेता भीम रावलले प्रभु साहको भूमिकाप्रति पार्टी नेतृत्व नै जिम्मेवार रहेको औल्याएका छन् ।
‘प्रभु साहको विद्रोहबारे निज पहिलेदेखि सन्दिग्ध चरित्रको भन्ने अध्यक्ष केपीको भनाइ सुनियो। हरियो सर्प भनेको पनि आयो। रावलले ट्वीटरमा लेखेका छन्, ‘सन्दिग्ध र हरियो सर्पलाई माथि चढाउन जिम्मेवार को र आज अनेकौँ सन्दिग्ध र रंगिविरंगी सर्प किन हुर्काइँदैछ भन्ने पनि स्पष्ट गर्ने कि ?’
नेता साहले अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्टि जनाउँदै पार्टीको टिकट छाडेर स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनी पार्टीले जसपासँग तालमेल गरेकोमा असन्तुष्ट भएका हुन्। त्यस विषयमा अध्यक्ष ओलीको प्रतिक्रियाप्रति लक्षित गर्दै नेता रावलले खरो टिप्पणी गरेका हुन्।
प्रभु साहाको 'विद्रोह' बारे निज पहिलेदेखि संदिग्ध चरित्रको भन्ने अध्यक्ष केपीको भनाइ सुनियो।'हरियो सर्प' भनेको पनि आयो।'संदिग्ध र हरियो सर्प'लाई माथि चढाउन जिम्मेवार को र आज अनेकौं 'संदिग्ध र रंगिविरंगी सर्प' किन हुर्काइदैछ भन्ने पनि स्पष्ट गर्ने कि?
— Bhim Rawal, PhD (@BhimRawal179) October 11, 2022

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया