सय जना किशोरीलाई ‘पद हस्तान्तरण’ गरिँदै

काठमाडाैं । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा विश्वभर बालिका तथा किशोरीलाई पद हस्तान्तरण ‘गल्र्स टेक ओभर’ कार्यक्रम हुने भएको छ ।
नेपालमा देशभरबाट ९ जिल्लाका सय जना किशोरीहरूले विभिन्न कार्यालय तथा संस्थाहरूको नेतृत्व केही घन्टाकाे लागि सम्हाल्नेछन् । जुम्ला, कालीकोट, डोल्पा, मकवानपुर, धनुषा, सिन्धुली, सुर्खेतमा अक्टोबर र नोभेम्बर महिनामा विभिन्न सरकारी निकाय, संघसंस्था, मिडिया, दुतावास, शैक्षिक संस्था लगायतमा प्रमुख व्यक्तिको कार्यभार किशोरीलाई हस्तान्तरण हुनेछ ।
अभियानको पहिलो चरण अक्टोबर ११ र १२ तारिखका दिन राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव, त्रिभुवन विश्वविद्यालय लैंगिक अध्ययन विभागका विभागीय प्रमुख, प्लान इन्टरनेशनल नेपालको राष्ट्रिय निर्देशक, नेपाल पत्रकार महासंघका विभिन्न जिल्ला शाखाहरूको अध्यक्षको रूपमा बालिका तथा किशोरीले भूमिका निर्वाह गर्नेछन् ।
प्लान इन्टरनेसनलका राष्ट्रिय निर्देशक राम किसन ‘गल्र्स टेक ओभर’ बालिका तथा किशोरीहरूका लागि उत्कृष्ट अवसर भएको बताउँछन् । ‘यसले बालिका तथा किशोरीहरूको सवालमा निर्णयकर्ता, नेता तथा परिवर्तनका संवाहकहरूको दृष्टिकोण परिवर्तन गर्छ,’ उनी भन्छन् ।
प्रभाव, सञ्चार तथा अभियानका निर्देशक प्रसेन खाती यस कार्यक्रमले किशोरीहरूलाई सशक्त बनाउने बताउँछन् ।
त्यस्तै, आयोजक संस्था मध्येका हामी दाजुभाइका संस्थापक अध्यक्ष सन्जोग ठकुरी अभियानमा संलग्न बालिका तथा किशोरीहरूमा सकारात्मक परिवर्तन आउने बताउँछन् ।
आजदेखि ‘अब हाम्रो पालो : हाम्रो अधिकार, हाम्रो भविष्य’ नारासहित देशभर ११ औं अन्तर्राष्ट्रिय बालिका दिवस मनाइँदैछ ।

आँखा पाक्ने रोगबाट बच्न के गर्ने, के नगर्ने ?
बालबालिका हराउँछन्, भेटिदैनन्

अब मोटु पत्लु हेर्नुहोस् नेपाली भाषामा

योजना पेश गर्न गाउँपालिका कार्यालय पुगे बालबालिका

अनाथ बालबालिका हेरचाह गर्न गाउँपालिकाले बालगृह खोल्ने

भारतबाट बाल श्रमिकको उद्दार

कसरी हटाउने बालबालिकामा कार्टुनको लत ?

प्रतिक्रिया