हेटौंडामा कारको ठक्करबाट १ जनाको मृत्यु

मकवानपुर। मकवानपुरको हेटौंडामा कारको ठक्करबाट १ जनाको मृत्यु भएको छ । हेटौंडा–११ थानाभर्याङमा कारको ठक्करबाट पैदल यात्री ३८ वर्षिय शम्सेर सिंह नेगीको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
सोमबार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बिरगजंबाट चितवनतर्फ जाँदै गरेको बा १६ च ३८७७ नंबरको कारले हेटौंडा ३ बसामाडीका नेगीलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट घाइते भएका नेगीको उपचारको क्रममा गएराती पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने कारसहित चालक नियन्त्रणमा रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया