लागूऔषधसहित बर्दियाबाट चारजना पक्राउ

बर्दिया- बर्दिया प्रहरीले ब्राउन सुगरसहित चारजनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–२ फुटाहाबाट उनीहरू पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको भे८प ३८०९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा चार ग्राम सात सय मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।
चेकजाँचका क्रममा बाँकेको खजुरा गाउँपालिका–४ बस्ने सिमोन विक र ललित भुजेल पक्राउ परेका थिए । सोधपुछ गर्दा उनीहरूले खजुरा गाउँपालिका–१ बस्ने भानु सिग्देल र नेपालगन्ज उपमहानगरपालिका–४ बस्ने राजेश विकका लागि लागूऔषध ओसारपसार गरेको पत्ता लागेपछि चारैजना पक्राउ परेका हुन् ।
पक्राउ परेका चारैजनालाई बर्दिया जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हिक्मतबहादुर बोहोराले बताए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया