डेंगु संक्रमण भएपछि मोरङ कांग्रेसका दुई उम्मेदवार अस्पताल भर्ना

विराटनगर- मोरङमा सत्ता गठबन्धनबाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका दुईजनालाई डेंगु संक्रमण भएपछि अस्पताल भर्ना भएका छन् । क्षेत्र नम्बर ३ को प्रदेशसभा (१) का उम्मेदवार शेखरचन्द्र थापा र क्षेत्र नं. ४ को प्रदेशसभा (१) का गुरुराज घिमिरेलाई डेंगु संक्रमण पुष्टि भएको जनाइएको छ ।
उनीहरू दुवै विराटनगरस्थित नोवेल मेडिकल कलेजमा उपचारका भर्ना भएका छन् ।
चार दलीय गठबन्धनबाट प्रदेशसभामा उम्मेदवार बनेका दुवै जना कांग्रेसका हुन् ।
घिमिरेले डेंगु संक्रमणका कारण ज्वरो आएकै अवस्थामा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका थिए ।
उनी मनोनयन दर्ता सकेर अस्पतालमा भर्ना भएका हुन् ।
त्यस्तै थापाले पनि डेंगु संक्रमणका कारण उपचारका लागि अस्पतालमा बस्नु परेको भन्दै घरदैलोमा पुगेर भोट माग्न नपाएकोमा दु:ख व्यक्त गरेका छन् ।
उनले बाध्यताले अस्पताल बस्नु परेको भन्दै पार्टीका नेता कार्यकर्ताहरूलाई चुनावी अभियानमा खटिदिनसमेत आग्रह गरेका छन् ।

कोशी प्रदेशको पर्यटन प्रबर्धनका लागि देशका विभिन्न शहरमा रोड सो

झापामा डेङ्गी सङ्क्रमण बढ्न थालेपछि ‘खोज र नष्ट गर’ अभियान सुरु

भोजपुरको दावा बजारमा खानेपानीको पहुँच

मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

अरुण नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन्

खैरो हिरोइनसहित नुवाकोटका चार युवा झापामा पक्राउ
विदेशमा सीप सिकेर स्वदेश उद्यमी

प्रतिक्रिया