प्रभु साहबारे यसो भन्छन् एमाले महासचिव पोखरेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रभु साहको अराजनीतिक षडयन्त्रको नमुना भएको बताएका छन् । एमालेसँग असन्तुष्ट रहेका साहले प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारीपछि एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेपछि पोखरेलले यस्तो बताएका हुन् ।
जनता समाजवादी पार्टी (जसपा)सँगको तालमेल सम्झौता र मधेस प्रदेशमा उम्मेदवार टुंगो लगाउने छलफलमा साह पनि सहभागी भएको पोखरेलले दाबी गरेका छन् । साहले रोतहटको टिकट लिएर गए पनि अन्तिम समयमा आएर धोका दिएको आरोप लगाएका छन् । अन्य क्षेत्रका उम्मेदवारको टिकटसमेत साहले राखेर समय गुजार्ने षडयन्त्र गरेको पोखरेलको आरोप छ ।
सत्ता गठबन्धनको नेतासँगको षडयन्त्रपूर्ण साठगाँठ गरेको पोखरेलले आरोप लगाएका छन् ।
'प्रभु साह जसपासँगको तालमेलको सम्झौता बैठकमा सहभागी हुनु भो । उक्त सहमति पश्चात मधेस प्रदेशमा उम्मेदवार टुंगो लगाउने छलफलमा बस्नु भो । निर्णयभएर अनुसार रौतहटको टिकट पनि लिएर जानु भो । तर पार्टीलाई धोका दिएर अन्तिम समयमा आफुले स्वतन्त्र उम्मेदवार दिनु भो र अन्य क्षेत्रका उम्मेदवारको टिकटसमेत नदिकन समय गुजार्ने षडयन्त्र गर्नु भो' पोखरेलले फेसबुकमा लेखेका छन् 'राजनीतिमा यस प्रकारको षडयन्त्रलाई असहमतिको जामा लगाउनुको कुनै अर्थ छैन । यस प्रकारको छलछाम सत्ता गठबन्धनका नेतासँगको षडयन्त्रपूर्ण साठगाँठ नै हो । रौतहटका जनताले यस षडयन्त्रलाई राम्ररी नै बुझेका छन् । मधेस प्रदेशमा नेकपा (एमाले) र जसपाबीचमा भएको सहकार्य र तालमेललाई पूर्ण रुपमा सफल बनाउँ ।'

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया