४६ राजनीतिक दलले बुझाएनन् लेखापरीक्षण प्रतिवेदन, निर्वाचन आयोगले माग्यो स्पष्टीकरण

काठमाडौं : मुलुकका ४६ राजनीतिक दलहरूले निर्वाचन आयोगलाई लगातार तीन वर्षको लेखापरीक्षण विवरण नबुझाएको पाइएको छ । आयोगले लेखापरीण नबुझाएकोमा उनीहरूसँग स्पष्टीकरण मागेको हो । ती दलहरूले सात दिनभित्र स्पष्टीकरण पेश गर्नुपर्नेछ ।
दलले आफ्नो आय र व्ययको वास्तविक हिसाब किताब देखिने गरी लेखा राख्नु पर्ने कानुनी व्यवस्था छ । त्यस्तै हिसाबकिताबको अभिलेख राख्ने प्रयोजनको लागि दलले जिम्मेवार पदाधिकारी तोकी त्यसको जानकारी आयोगलाई गराउनु पर्ने व्यवस्था छ ।
दलले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र आफ्नो आय र व्ययको लेखा परीक्षण कानून बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा पेश गर्नु पर्ने हुन्छ ।
लेखा परीक्षण प्रतिवेदन आयोगमा नबुझाएमा वा आयोगमा स्पष्टीकरण पेश नगरेमा २० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था गरेको छ । त्यसैगरी लगातार तीन वर्षसम्म लेखा परीक्षण प्रतिवेदन आयोगमा नबुझाउने राजनीतिक दललाई आयोगले पचास हजार रुपैयासम्म जरिवाना गर्नुका साथै त्यस्तो दललाई त्यस्तो काम कारवाही छ महिनाभित्र सच्याउन आदेश दिन सक्नेछ । यसे अवधिभित्र कामकारवाही नसच्याएमा त्यस्तो दललाई आयोगले तत्काल हुने एक निर्वाचनमा भाग लिन नपाउने गरी आदेश दिन सक्ने व्यवस्था छ ।
निर्वाचन आयोगले भनेको छ, ‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४० बमोजिम आप्mनो दलको आय र व्ययको वास्तविक हिसाव किताब देखिने गरी लेखा राखिएको छ छैन ? राखिएको छैन भने के कति कारणले नराखिएको हो ? राखिएको छ भने सोको विवरण पेश गर्ने ।’
लेखापरीक्षण प्रतिवेदन नबुझाउने राजनीतिक दलको नाम
राष्ट्रिय त्रिमूल बहुजन समाजवादी पार्टी
नेपाली ग्रिन्स पार्टी
राष्ट्रिय जनएकता पार्टी
हाम्रो पार्टी
नयाँ संघीयता जनधारणा पार्टी
मातृभूमी नेपाल पार्टी
नेपाल नागरिक पार्टी
नागरिक समाजवादी पार्टी
देशभक्त पर्यावरणीय सामाजिक ९देपसा० मोर्चा
नेपाल न्यायिक दल
अखण्ड नेपाल पार्टी
लोक दल
यूवा शक्ति नेपाल पार्टी
हाम्रो नेपाल पार्टी
राष्ट्रिय चुरेभावर पार्टी
राष्ट्रिय शिवसेना पार्टी
श्रमिक जनता पार्टी–नेपाल
नेपाः राष्ट्रिय पार्टी
नेपाल प्रजातान्त्रिक प्रगतिशिल पार्टी
मधेश समता पार्टी नेपाल
नेपाली काँग्रेस राष्ट्रवादी
चुरेभावर राष्ट्रिय पार्टी
हिन्दु प्रजातान्त्रिक पार्टी
राष्ट्रिय पुनर्जागरण पार्टी
युवा नेपाल पार्टी
पिछडावर्ग निषाद दलित जनजाती पार्टी
लिबरल डेमोक्रेटिक पार्टी
नयाँ पिपुल्स पार्टी
नेपाल लोकतान्त्रिक जनता काँग्रेस
संयुक्त राष्ट्रिय जनपरिषद् नेपाल
नेपाल गणतान्त्रिक एकता पार्टी
तराई पहाड हिमाल समाज पार्टी
चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल
राष्ट्रिय जनता दल नेपाल
लोक कल्याणकारी जनता पार्टी नेपाल
बौद्धिक जनतान्त्रिक परिषद, नेपाल
राष्ट्रिय श्रमिक नागरिक पार्टी
मूलबासी मुक्ति पार्टी
देशभक्त लोकतान्त्रिक पार्टी
संघीय लिम्बुवान, नेपाल
नेपाल श्रमिक शक्ति पार्टी
किरात खम्बुवान लोकतान्त्रिक पार्टी
संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल
दलित मुस्लिम जनशक्ति पार्टी
जनता पार्टी
आजाद जनता पार्टी

प्रतिनिधिसभाको बैठक बस्दै

हुलाक सेवालाई आधुनिकीकरण गर्नु आवश्यकः सञ्चारमन्त्री गुरुङ

पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता गरे : पूर्वप्रधानमन्त्री नेपाल

वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्छ : खानेपानीमन्त्री यादव

परराष्ट्रमन्त्री राणाको आग्रहः जनताको खाँचोका सेवामा संवेदनशील हुनु

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री ओली

प्रतिक्रिया