निर्वाचनका कारण पल शाहको पेसी स्थगित

दमौली- नाबालिग जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा रहेका नायक पल शाह विरुद्धको सुनुवाइ तेस्रो पटक स्थगित भएको छ । तनहुँ अदालतमा आजका लागि तोकिएको पेसी स्थगित भएको हो ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका कारण शाहविरुद्धको सुनुवाई स्थगित भएको तनहुँ अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिए । यसअघि शाहविरुद्धको सुनुवाइ भदौ १५ गते असोज २ गतेका लागि तोकिएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताको पत्रका कारण आजको सुनुवाई स्थगित भएको हो । जिल्ला न्यायाधीश दलबहादुर केसी मुख्य निर्वाचन अधिकृत र जिल्ला न्यायाधिवक्ता गोविन्द उपाध्याय निर्वाचन अधिकृतका रूपमा खटिएका छन् ।
निर्वाचनका कारण जिल्ला न्यायाधिवक्ताको पत्रका कारण फौजदारीतर्फका आजका सबै मुद्दाको सुनुवाइ स्थगित भएको तनहुँ अदालत बार एसोसिएसनका अध्यक्ष भानुभक्त सुवेदीले जानकारी दिए ।

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

जुनु गौतमको 'यो माया' गीत सार्वजनिक

शाहरूख खानको एउटा अन्धविश्वास, जसले सधै उनलाई हिट बनाउँछ

‘सन अफ सरदारः २’ को हिस्सा बन्न नपाएको सञ्जय दत्त दुखी

अभिनेत्री कोइरालालाई बेलायतमा सम्मान

वारः२ का निर्माताले ऋतिक रोशन र जुनिएर एनटिआरलाई दिए सरप्राइज

अवतारः ३ को पोस्टर सार्वजनिक, यसै वर्ष क्रिसमसमा हेर्न पाइने

प्रतिक्रिया