सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

घाँस काट्न जाँदा भिरबाट लडेर मृत्यु

मकवानपुर । मकवानपुरको भिमफेदी गाउंपालिका-६ मा भिरबाट खस्दा एक जनाको मृत्यु भएको छ । भिमफेदी ६ जुरेथुम स्थित सुरुङखोलामा नजिकै घाँस काट्न जाँदा सोही स्थान बस्ने ३१ वर्षीया समिता रानामगरको भिरबाट लडेर मृत्यु भएको अबस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय भिमफेदिले जनाएको छ । बर्षापछी चिप्लो भएको माटोमा चिप्लेर लडेको हुनसक्ने प्रहरीले जनाएको छ ।