गण्डकी प्रदेश सभाको विशेष अधिवेशन आह्वान

पोखरा : गण्डकी प्रदेश सभाको विशेष अधिवेशन बोलाइएको छ । संसद्मा आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुखले गत २ गते राती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरेका थिए । तर, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संवैधानिक व्यवस्थाअनुसार विशेष अधिवेशनको माग गरे ।
सोही माग अनुसार प्रदेश प्रमुख अमिक शेरचनले आगामी १३ गते विशेष अधिवेशन डाक्न सिफारिस गरेका हुन् । कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाको चार दलीय मोर्चाले बैशाख २ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने थाहा पाएर गुरुङले राति नै हतारमा अधिवेशन स्थगित गर्न सिफारिस गरेका थिए ।

संसद्को अवरोध चाँडै हट्ने छः सञ्चारमन्त्री गुरूङ

अख्तियारको निर्णयविरुद्ध एकीकृत समाजवादी कानुनी उपचारमा जाने

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्लास्टिक प्रदूषण नियन्त्रण गर्नु सबैको दायित्व हो : राज्यमन्त्री विक

व्यवस्थित सहर बनाउन सहरी विकास मन्त्रालयले योजना बनाएको छ : उपप्रधानमन्त्री सिंह

‘जलवायु परिवर्तनले हाम्रो हिमशृङ्खला जोखिममा परेको छ’

घरघरमा टेलिभिजन हेर्न सकिनेगरी फोरजी सेवा सञ्चालन गर्दैछौँ: मन्त्री गुरुङ

प्रतिक्रिया