रुस-युक्रेनबारे राष्ट्रसंघमा के भन्यो नेपालले ?

काठमाडौँ- नेपालले युक्रेनको द्वन्द्व गहिरो चिन्ताको विषय भएको बताएको छ ।
संयुक्त राष्ट्रसंघको ११औं आपत्कालिन विशेष सत्रलाई सम्बोधन गर्दै अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाल स्थायी प्रतिनिधि तथा राजदूत अमृत राईले उक्त कुरा बताएका हुन् ।
‘युक्रेनको द्वन्द्व गहिरो चिन्ताको विषय हो,’ नेपाली स्थायी प्रतिनिधि राईले भने, ‘सबै सदस्य राष्ट्रहरूले राष्ट्रसंघको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता र भौगोलिक अखण्डता, राजनीतिक स्वतन्त्रता र अनाक्रमणका सिद्धान्तलाई कायम राख्दै शान्तिपूर्ण माध्यमबाट विवाद समाधान गर्नुपर्छ ।’
रुसले युक्रेनका डोनेट्स्क, खेर्सन, लुहान्स्क र जापोरिझ्झिया क्षेत्रहरूमा जनमतसंग्रह गराई ती क्षेत्रलाई जर्बजस्ती आफ्नो भूमिमा गाभेपछि राष्ट्रसंघको महासभामा राईले उक्त कुरा बताएका हुन् ।
राष्ट्रसंघको बुधबार बसेको ११औं आपत्कालिन विशेष सत्रमा नेपालले युक्रेनलाई साथ दिँदै रुसविरुद्ध उभिएको थियो ।
११औं आपत्कालिन विशेष सत्रको १३औैं र १४औं बैठकमा ‘युक्रेनको क्षेत्रीय अखण्डताः संयुक्त राष्ट्र संघको बडापत्रका सिद्धान्तहरूको रक्षा’ प्रस्तावमा छलफल गरी मतदान गरिएको थियो ।
रुसले युक्रेनका डोनेट्स्क, खेर्सन, लुहान्स्क र जापोरिझ्झिया क्षेत्रहरूमा जनमतसंग्रह गराई ती क्षेत्रलाई जर्बजस्ती आफ्नो भूमिमा गाभेपछि राष्ट्रसंघको महासभामा उक्त प्रस्तावमाथि छलफल र मतदान गरिएको थियो ।
महासभाले युक्रेनको डोनेट्स्क, खेर्सन, लुहान्स्क र जापोरिझ्झिया क्षेत्रहरूलाई रूसले गैरकानूनी रूपमा गाभ्ने प्रयासको निन्दा गरेको छ र युक्रेनको भूभागबाट आफ्ना सबै सैन्य बलहरू तुरुन्त फिर्ता गर्न माग समेत गरेको छ ।
महासभामा भएको उक्त निन्दा प्रस्तावको पक्षमा नेपालले मतदान गरेको हो । मतदानमा नेपाल लगायत १४३ सदस्य राष्ट्रले प्रस्तावको पक्षमा मतदान गर्दै युक्रेनलाई साथ दिएका थिए ।
मतदानमा बेलारुस, उत्तर कोरिया, निकारागुवा, रुस र सिरिया गरी पाँच देशले प्रस्तवाको विपक्षमा मतदान गरेका थिए । बुधबार भएको मतदानमा नेपालका दुई ठूला छिमेकी भारत र चीनसहित ३५ राष्ट्र अनुपस्थित भएका थिए ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया