क्रिकेटर शुभम गिलसँगको प्रेममा सारा अलि खान

मुम्बई - सुशान्त सिंह राजपुत र कार्तिक आर्यनसँग नाम जोडिएकी सारा अलि खानको नाम अहिले भने क्रिकेटरसँग जोडिएको छ । भारतीय टोलीका ओपनिङ ब्याटस्मेन शुभम गिल र सारालाई एउटै होटलबाट बाहिरिँदै गरेको देखेपछि अहिले दुवैबीच अफेयर रहेको खबर घनिभूत भएको छ । होटलबाहेक सारा र शभम् प्लेनमा पनि सँगै देखिएका क्लिप्स सार्वजनिक भएका छन् ।
दुवैबीच माया प्रेम रहेको खबर गत अगस्टमा सार्वजनिक भएको थियो । दुवैलाई फ्यानले एउटा रेष्टुरेन्टमा भेटेपछि दुवै अफेयरमा रहेको गाइँगुइँ चलेको थियो । तर सारालाई अहिलेसम्म शुभम् गिलको खेल हेर्न स्टेडियममा नदेखिएकाले खबरमा सत्यता नरहेको आशंका गरिएको थियो । तर दुवैलाई स्टेडियमबाहिर भेटिने क्रम नरोकिएकाले दुवै प्रेममा रहेको कुरा पक्का हुँदै गएको छ । शुभम् गिलको नाम यसअघि सचिन तेन्दुलकरकी छोरी सारा तेन्दुलकरसँग जोडिएको थियो । दुवैबीच भर्खरै ब्रेकअप भएको खबर छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया