१० वर्षदेखि अलपत्र फोक्सिनटार पुल अन्तिम चरणमा

उदयपुर। नेपालकाे दोस्राे आर्क ब्रिज उदयपुर-खोटाङ जोड्ने फोक्सिन्टारमा निर्माणाधीन पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । १० वर्षअघि नै निर्माण सुरू भए पनि विभन्न कारणले पटक पटक अलपत्र पर्दै आएकाे याे पुल यस वर्ष भने पूरा हुने चरणमा छ ।
पुल निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले चार वर्ष काम नै नगरी अलपत्र छाडेको थियाे । तर, पुल पछिल्लो समय भने द्रुत गतिमा काम गरेपछि उदयपुर-खोटाङ जोडिएको हो । सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट–दिक्तेल सडकमा पर्ने सुनकोशी नदीको पक्की पुल निर्माणको म्याद चौथो पटक थपिएपछि निर्माण सम्पन्न हुन लागेकाे हाे ।
गाईघाट–दिक्तेल सडकको उदयपुरतर्फ रौतामाई गाउँपालिका– ५ र खोटाङतर्फ खोटेहाङ गाउँपालिका– ९ बीचको फोक्सिन्टारमा निर्माणाधीन पुल २२ चैत ०७५ मा सम्पन्न गर्नेगरी ३० चैत ०६९ मा ठेक्का सम्झौता भएको थियो ।
एक सय २० मिटर लामो याे पुल निर्माणको जिम्मा गौरी-पार्वती र वाईपी जेबीले लिएको थियाे । पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ धरानले सो पुल निर्माणको प्राविधिक रेखदेख गर्ने जिम्मा पाएको छ । अलपत्र अवस्थामा रहेको आर्क डिजाइनको पुल २६ असोजकाे मध्यरात सम्ममा पुलको स्ल्याब ढकान सकिएकाे पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ धरानका डिभिजन इन्जिनियर नितेस झाको भनाइ छ ।
उनको भनाइअनुसार इन्जिनियर अजयकुमार साहको रेखदेखमा प्राविधिकसहितको टोलीले पुलको स्ल्याब ढलान गरेकाे र बुधवार अबेर राति काम सकेर कात्तिक मसान्तसम्ममा पुलबाट गाडी चलाउन मिल्ने झाको भनाइ छ । बिहीवार सम्ममा ९० प्रतिशत काम सम्पन्न हुने डिई झाले जानकारी दिए ।

लहानको मुख्य बजार क्षेत्रमा तत्काल सडक निर्माण गर्न माग

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध

छुआमाखोला बाढीले क्षतिग्रस्त कुलो तथा सडक मर्मत सुरु

कान्तिलोकपथको पहिरो पन्छाइयो

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

प्रतिक्रिया