‘संस्कार’मा निशान-अस्मिताको जुगलबन्दी

काठमाडौंः थुप्रै फिल्मको पाश्र्व गायनका लागि जुगलबन्दी गरेका निशान भट्टराई र अस्मिता अधिकारीले किशोर चौधरीको निर्देशनमा बन्ने ‘संस्कार’ चलचित्रमा पनि गीत रेकर्ड गराएका छन् । बुधबार दुवैले ‘चितवनको एअरपोर्ट’ बोलको गीत रेकर्ड गराएका हुन् ।
किशोर चौधरीको शब्द रहेको गीतलाई चन्द्रज्योति ढुंगानाले संगीत गरेका हुन् । दिनेश कुँवर निर्माता रहेको फिल्मको स्क्रिप्ट पनि निर्माता दिनेशकै हो । बास्सा फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म पारिवारिक कथामा बन्नेछ ।
तिहारपछि सुटिङ गरिने ‘संस्कार’ मा मनोरञ्जनका साथै समाजोपयोगी सन्देशसमेत रहने निर्माता दिनेशले जानकारी दिए । फिल्मको सहनिर्मातामा राजु अधिकारी, सुमन तेन्जल र हरि भण्डारी छन् । तनहुँ, पोखरा र वीरगञ्जमा खिचिने फिल्ममा दिनेश प्रमुख भूमिकामा रहने छन् भने अन्य कलाकारको चयन प्रक्रिया जारी छ । गीतको शब्द तथा संगीत ‘क्याची’ रहेकाले दर्शक स्रोताले मनपराउने निर्माण टिमको विश्वास छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया