आइपीएल जित्न दबाब थियो : जयवर्धने

मगंलबार इन्डियन प्रिमियर लिग (आइपीएल) को उपाधी पाँचौ पटक कब्जा गर्दै मुम्बई इन्डियन्स प्रतियोगिताकै सर्वाधिक सफल टोली बन्यो । मम्बईले यस अघि सन् २०१३, १५, १७ र १९ मा आइपीएल जितेका थियो । रोचक के छ भने मुम्बईले यस अघि विजोर वर्षहरूमा मात्र आइपीएलको उपाधी हात पारेको थियो । तर यस पटक उसले जोर वर्षमा पनि उपाधी जित्यो । अब भाग्यवादीहरुले मुम्बईले विजोर वर्षमा मात्र उपाधी जित्छ भन्न सक्दैनन् ।
यसैबीच मुम्बईका प्रशिक्षक माहेला जयवर्धनेले आफ्नो टीमले विजोर वर्षमा उपाधी जित्न नसक्ने अन्धविश्वासलाई तोड्न यसपटकको संस्करण जित्नै पर्ने दवाबबाट गुज्रेको बताए । त्यसैगरी डिफेन्डिङ च्याम्पियन भएकाले आफ्नो टीम स्वत प्रतियोगिताको दाबेदार हुनपुगेकाले पनि थप दबाब पर्न गएको उनको भनाइ थियो ।
‘यसपटकको प्रतियोगिता सजिलो थिएन । मुम्बईले उपाधी कयौं पटक जितेको तर लगातार जित्न नसकेको परिपेक्षमा हामीलाई यो पटक जित्न दबाब त हुने नै भयो । त्यसकारण पनि खेलाडीहरुलाई त्यही अनुरुप उत्प्ररेणा दिन जरुरी थियो । हामीले त्यहीअनुरुपको अभ्यास र तयारी गरेका थियौं,’ जयवर्धनेले भने ।
सन् २०११ को आइपीएलको उपाधी भिडन्तमा चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई हरायो । त्यस प्रतियोगिता चेन्नईले एकपक्षिय रुपमा कब्जा जमाएको भनेर विश्लेषण गरियो ।
यसपटक पनि मुम्बईलाई टक्कर दिन कुनै पनि टीम सफल नभएको भनियो । पहिलो खेलमै पराजय भोगेको मुम्बईले समूहचरणमा १८ अंक बटुल्यो । उपाधी भिडन्तमा आमनेसामने हुनुभन्दा पहिले नै मुम्बईले दिल्ली क्यापिटल्सलाई दुईपटक पराजित गर्यो । मुम्बईले आइपीएलमा कुनै पनि बिन्दुमा बलियो चुनौतीको सामना गर्नुपरेन । मुम्बई ब्याटिङमा बलियो देखियो । मध्यक्रममा समेत किइरोन पोर्लाड र हार्दिक पान्डेयजस्ता खेलाडीहरूले मुम्बईका लागि लोभलाग्दो प्रर्दशन गरे । उनीहरु यस प्रतियोगितामा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी मध्येका थिए ।
‘सायद छक्का प्रहार गर्ने क्षमता मुम्बईको डिएनएसँग नै जोडिएको छ । हाम्रा धेरै खेलाडीहरु छक्का प्रहार गर्नमा माहिर नै छन् । हामीले प्रतियोगिता भर नै आक्रामक खेल खेल्ने प्रयास गर्यौं । ब्यक्तिगत रुपमा मैले खेलाडीलाई उनीहरुको आ आफ्नो भुमिका सम्झाउने प्रयत्न गरे । खेलाडीहरुले त्यस अनुसार नै खेल्ने प्रयत्न गरे । जसले गर्दा हामीलाई सजिलो भयो,’ जयवर्धनेले थपे ।

असियन अल स्टार्ससँग म्यानचेस्टर युनाइटेड पराजित

जियो हटस्टारले किन्यो भारत-इंग्ल्याण्ड सिरिजको डिजिटल अधिकार

राष्ट्रिय कुराँस प्रतियोगिता जेठ १६ मा

प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता : पथरीशनिश्चरे र दमक विजयी

लिभरपुलको विजय यात्राको भिडमा कार कुदाइयो, ४७ जना समर्थक घाइते

अब पाँच चौकाले बनाउनेछ कोहलीलाई १२०० चौका हान्ने पहिलो एसियन क्रिकेटर

शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

प्रतिक्रिया