कैलाली र कञ्चनपुरका विद्यालय बन्द गर्ने निर्णय

धनगढी : कैलालीको र कञ्चनपुरका सहरी क्षेत्रका स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । कैलालीको धनगढी उप–महानगरपालिकाले जिल्ला संकट व्यवस्थापन केन्द्रको आग्रह अनुसार बैशाख १५ गते सम्मलाई विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
कोभिडको जोखिम बढेकाले जिल्ला संकट व्यवस्थापन केन्द्र कैलालीको बैठकले विद्यालय बन्द गर्न स्थानीय तहलाई आग्रह गरेको थियो । भौतिक उपस्थितिमा पठनपाठन बन्द भए पनि अनलाइन कक्षा संचालन गर्ने निर्णय पनि धनगढी उप-महानगरपालिकाले गरेको छ ।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले सबै पक्षहरूसंग सुझाव लिएपछि १९ वटै वडाका वडा अध्यक्ष र शिक्षा शाखा प्रमुखको छलफलपछि निर्णयमा पुगेको बताइन्। यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाले नगर भित्रका सम्पूर्ण विद्यालय बन्द गरेको छ ।
संक्रमण बढ्दै गएपछि बैशाख ७ गतेदेखि १५ गतेसम्म बिद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । कोभिडको संक्रमण बढेकाले सबै विद्यालय तथा कोचिङ सेन्टर, मन्टेश्वरी, टयुसन सेन्टर लगायतका अन्य सम्बन्धित इन्सटिच्युटहहरु बन्द गरिने निर्णय गरिएको हो । यस्तै बैशाख २६ गतेदेखि शैक्षिक सत्रको बार्षिक परीक्षा संचालन गरिने, कक्षा १० का आन्तरिक परीक्षा स्वास्थ्य मापदण्ड पूरागरी संचालन गर्न सकिने नगरपालिकाले जनाएको छ ।

समावेशी शिक्षण विधि अपनाएपछि...
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

खडेरीले रोपेको धान सुक्न थाल्यो

‘डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई गर्न सकेन’

बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

जीप दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया