‘महापुरुष’को मोफसल टुर ,नाच्दै गाउँदै दर्शक फिल्म हेर्न बोलाउँदै

काठमाडौँ- प्रचारलाई आक्रामक बनाइरहेको चलचित्र ‘महापुरुष’ले बिर्तामोडबाट ‘मोफसल टुर’ सुरु गरेको छ । बिर्तामोडमा आयोजित कार्यक्रममा चलचित्रका कलाकारहरुले यसको प्रचार गरेका छन् ।
हजारौं दर्शकको उपस्थितिका बिच वानस्टप मलमा आयोजित कार्यक्रममा चलचित्रका कलाकारहरु हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली, रविन्द्रसिंह बानियाँ लगायतले दर्शकलाई मनोरञ्जन प्रदान गरे । गायिका रचना रिमालको समेत प्रस्तुति रहेको कार्यक्रममा कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई भब्यता दिन स्थानीय कलाकारको समेत प्रस्तुति समावेश गरिएको थियो । कलाकारहरु अरुण र अञ्जनाले नृत्य प्रस्तुत गर्दा हरिवंश र रचनाले गीत प्रस्तुत गरेका थिए । गीत संगीत र नृत्यका माध्यमबाट दर्शकलाई झुमाउन सफल कलाकारहले चलचित्र राम्रो बनेको भन्दै हेरिदिन आग्रह समेत गरेका छन् ।
कात्तिक ११ गतेबाट प्रदर्शनमा आउने चलचित्रले उक्त कार्यक्रम अघि बिर्तामोडमा पत्रकार सम्मेलन समेत गरेको थियो । विभिन्न स्कूलहरुमा पुगेर चलचित्रबारे जानकारी दएको निर्माण टिमले बिर्तामोडकै डिम्याक्स हलमा पुगेर दर्शकसँग अन्र्तक्रिया समेत गरेको थियो ।
प्रदिप भट्टराईको निर्देशन रहेको चलचित्रले मोफसलका विभिन्न सहरहरुमा पुगी प्रचारात्मक कार्यक्रमहरु गर्ने तय छ । निर्माण टिमले हेटौंडा, नारायणगढ, बुटवल, पोखरा लगायतका सहरमा कार्यक्रम गर्दैछ । शुक्रबार निर्माण टिमले नारायणघाटमा सांगीतिक कार्यक्रमसहित फिल्मको प्रचार प्रसार गर्ने कार्यक्रम रहेको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया