बोक्सीको आरोपमा महिलामाथि निर्घात कुटपिट

जलेश्वर : बोक्सीको आरोपमा मुस्लिम समुदायकी एक महिलामाथि निर्घात कुटपिट भएको छ । महोत्तरीको मनरासिस्वा नगरपालिका-५ कटैयाका मोजिबुल रहमानकी ५० वर्षीया पत्नी गुल्शन खातुन बोक्सीको आरोपमा निर्घात कुटएकी हुन् ।
उनलाई स्थानीय जैनुद्दिन अंसारी, कलामुद्दिन अंसारी, एजाज अंसारी, रुमी अंसारी, सरफुद्दिन अंसारी र मोजिबुल अंसारीले बोक्सी भन्दै आज कुटपिट गरेका छन् । कुटपिटबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल जलेश्वरमा उपचार भइरहेको बताइएको छ ।
कुटपिटबाट उनको टाउको, अनुहार सुन्निएको छ भने जीउभरी निलडाम देखिएको छ । आज बिहान पीडितका कान्छो छोरा गुलाम अंसारी टोलमा खेलिरहेको बेला उनीहरुले निहुँ बनाएर पहिला उनलाई कुटपिट गरेको थियो ।
पछि जेठा छोरा मुस्तुफा अंसारी र त्यसपछि आमा (पीडित) लाई सबैले मिलेर मरनासन्न गरी कुटपिट गरेका छन् । आमासँगै अहिले दुवै छोरा पनि जिल्ला अस्पताल जलेश्वरमा उपचार गराइरहेको छ भने आमाको अवस्था गम्भीर रहेको छ । कुटपिट गर्नेहरुकोे खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस

एमाले निकट भुतपूर्व सैनिक-प्रहरी संगठनको अध्यक्षमा पुनः विनोद पाण्डे निर्वाचित
आजदेखि निजामती कर्मचारीहरू पनि आन्दोलनमा

सगरमाथामा नयाँ कीर्तिमान बनाउने प्रतिस्पर्धा
विश्व सम्पदा दिवस मनाइँदै

वृश्चिकलाई विगतका कमजोरी सच्याउने मौका, कर्कटलाई भाग्यले साथ दिने

वरियता मिच्दै एआइजी बढुवा सिफारिस गरेपछि प्रहरीमा व्यापक असन्तुष्टि

अटो सोसियल फ्रेन्डसको रक्तदान कार्यक्रम

प्रतिक्रिया