फिल्म निर्माणसँगै अभिनयमा डेब्यू गर्दै धोनी
मुम्बई- भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीले निर्माण कम्पनी खोलेर दक्षिण भारतीय फिल्ममा लगानी गर्ने खबर सेलाउन नपाउँदै, धोनीलाई लिएर अर्को खबर पनि फैलिएको छ ।भारतीय मिडियाका अनुसार धोनी आफूले निर्माण गर्ने फिल्ममा आफैँले केमियो पनि गर्ने तयारीमा छन् । समाचारअनुसार धोनीले धोनी इन्टरटेनमेनमेन्टमार्फत तमिल, तेलगु र मलयालम फिल्म बनाउँदैछन् ।
उनले आफूले निर्माण गर्ने फिल्ममा विजय र महेशबाबुलाई लिने सोच बनाइरहेका छन् । उनले कन्नड र मलयालममा बन्ने फिल्मका लागि भने सुकुमार र किच्चा सुदीपसँग सहकार्य गर्ने तयारी गरिरहेका छन् । तर खबरअनुसार विजयले मुख्य भूमिका निर्वाह गर्ने फिल्ममा धोनी आफैँ पनि केमियो गर्ने तयारी गरिरहेका छन् ।
धोनीको प्रडक्सन कम्पनीले यसअघि नै तीनवटा फिल्म बनाइसकेको छ । तर धोनी इन्टरटेनमेन्टले सानातिना फिल्म हैन ठूला फिल्ममा लगानी गर्ने गरी चेन्नईमा नयाँ अफिस लिएर ठूला बजेटका फिल्म बनाउन लागेको हो । फिल्ममा पहिलो पल्ट अभिनय गर्ने तयारी गरे पनि धोनीले हजारौँ विज्ञापन फिल्म खेलेका छन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया