सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

पोखरीमा डुबेर बालकको मृत्यु

तानसेन- तानसेन नगरपालिका-२, नारायणस्थानको पोखरीमा पौडी खेल्ने क्रममा एक बालकको डुबेर ज्यान गएको छ ।

आइतबार दिउँसो पोखरीमा पौडी खेल्न गएका तानसेन-६ टुँडिखेल नजिकै बस्ने शेषकान्त पराजुलीका १२ वर्षीय छोरा सुजल पराजुलीको ज्यान गएको हो ।

पोखरीमा डुबेका पराजुलीलाई अस्थायी प्रहरी विट नारायणस्थानबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा उद्धार गरी युनाइटेड मिसन अस्पताल पुर्‍याइएकोमा मिसन अस्पतालका चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए ।