सर्लाहीमा बस दुर्घटना, २३ जना घाइते

सर्लाही- सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ मा आज बिहान ३३ जना सवार बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका बसका चालक दिपक बोहोराकी ३ वर्षीया छोरी प्रिन्स र बसका परिचालक झापाको मेचिनगर नगरपालिका ७ का २१ वर्षीय प्रदिप पुरीलाई उपचारका लागी झापा तर्फ पठाइएको छ ।
अन्य घाइतेहरूको गढिमाई अस्पतालमा उपचार भइरहेको छ ।
काकडभिट्टाबाट भैरहवा तर्फ जाँदै गरेको बा ४ ख ३३७८ नम्बरको बस अनियन्त्रित भएर आज बिहान ३ बजे पल्टिएको थियो ।
दुर्घटनामा घाइते भएकामध्ये ९ जना उपचार पश्चात घर फर्कि सकेका छन् ।
चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

प्रहरीलाई गालीगलौज गर्ने जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जा…

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

करेन्ट लागेर सोनारको मृत्यु

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

सिरहामा शकांस्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

प्रतिक्रिया