अभिनेता अनुप भन्छन् -हिरो र भिलेनभन्दा पनि चरित्र महत्वपूर्ण हुन्छ

काठमाडौँ- नेपाली फिल्ममा हिरो र भिलेनको रुपमा कलाकारले छवि निर्माण गर्ने गरेका छन् । केही समय यता चरित्रअनुसार प्रस्तुति हुने भए तापनि दर्शकको बुझाइमा हिरो र भिलेनको परिचय छुट्टै स्थापित छ । प्रशान्त ताम्राकार, अनुप विक्रम शाहीलाई ह्यान्डसम भिलेन भनिन्छ ।
हिरोको रुपमा आफ्नो परिचय स्थापित गर्न काम गरिरहे तापनि दर्शकले अन्य भूमिकामा भन्दा उनीहरुलाई भिलेनमा रुचाए । अनुप समय बित्दै जाँदा हिरो र भिलेनको भिन्नता हट्दै गएको बताउँछन् । 'अहिले सहजै कलाकार मान्नुहुन्छ । नत्र हिरोजस्तो मान्छे भिलेन किन बनेको भन्ने प्रतिक्रिया पाउने गर्थेँ', अभिनेता अनुप विक्रम शाही भन्छन् ।
‘हँसिया’ फिल्ममा उनले निर्वाह गरेको भिलेनको भूमिकाले दर्शकमाझ प्रभाव छाड्न सफल भएको थियो । त्यसयता अनुपले सकारात्मक भूमिका कमै मात्र निर्वाह गर्ने मौका पाएका छन् । मोडलिङ हुँदै अभिनेता बनेको प्रशान्त ताम्राकार पनि भिलेनमा खोजिने अनुहार भित्र पर्छन् ।
‘ऐश्वर्य’ मा निर्वाह गरेको भूमिकापश्चात् प्रशान्तले भिलेनकै भूमिका मात्र अफर पाइरहेका छन् । 'मैले भूमिकालाई सकारात्मक वा नकारात्मक रुपमा कहिले हेरिँन । आइरहेको भूमिकालाई सुहाउँदो हेरेर अभिनय गरे । यद्यपि ह्यान्डसम भिलेनभन्दा रमाइलो लाग्छ', अभिनेता ताम्राकार भन्छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया