रसियाद्वारा चेक गणतन्त्रका २० कुटनीतिज्ञ निष्काशित
मस्को : रसियाले चेक गणतन्त्रका २० जना कुटनीतिज्ञलाई देश निकाला गरेको छ । गत शनिबार चेक गणतन्त्रले स्क्रिपाल घटनामा रसियाली एसभिआर र जिआरयू गुप्तचर एजेन्टका नाममा १८ जना रसियाली कुटनीतिज्ञ संलग्न रहेको भन्दै उनीहरुलाई देश छाड्न आदेश दिएपछि दुबै देशबीच आरोप प्रत्यारोप जारी छ ।
सन् २०१४ मा चेक गणतन्त्रको स्क्रिपालस्थित सैनिक शिविरमा बिस्फोटमा रसियाको संलग्नता रहेको चेक गणतन्त्रको दाबी छ । यस घटनामा दुई जनाको मृत्यु भएको थियो ।
यसैबीच प्रहरीले बिस्फोटमा संलग्न रहेको आशंका गरिएका दुई जना रसियालीको खोजी गरिरहेको जनाएको छ । ती दुई व्यक्तिले नै पूर्व रसियाली डबल एजेन्ट सर्गेई स्क्रिपाललाई सन् २०१८ मा लन्डनमा घातक विष–आक्रमण गर्न पासपोर्ट प्रयोग गरेको प्रहरीको भनाई छ ।
चेक सञ्चार माध्यमले ती दुई रसियालीहरु अलेक्जान्डर मिशकिन र अनातोली चेपिगोभ रहेको जनाएका छन् । स्क्रिपाल आक्रमण पश्चात् सार्वजनिक गरेको बिस्फोट स्थल र तस्वीरका भिडियो फुटेजमा आधारित रहेर चेक सञ्चार माध्यमले यस्तो घोषणा गरेका हुन् ।
तर रसियाले आइतबार उक्त दाबी कपोलकल्पित रहेको जनाएको छ । चेक गणतन्त्रको उक्त दाबी र कारबाही लगत्तै रसियाले मस्कोस्थित चेक गणतन्त्रको राजदूतावासमा कार्यरत २० जना कर्मचारी कुटनीतिज्ञलाई सोमबारसम्म देश छाड्न आदेश दिएको छ ।
पछिल्ला दिनहरुमा रसिया र पश्चिमी मुलुकहरुबीच कैयौं विषयलाई लिएर मतान्तर चुलिएको छ । खासगरी युक्रेनको सीमा क्षेत्रमा रुसी सैनिक परिचालन बढाइएको, अमेरिकी राष्ट्रपति निर्वाचनमा हस्तक्षेप गरेको तथा अन्य आक्रामक कारबाहीहरु गरेको पश्चिमी मुलुकहरुको आरोप छ । (एएफपी)

इरान र अमेरिका बिच बार्ता सकारात्मकतर्फ, अप्रिल २६ मा फेरी हुनेछ ओमानमा बार्ता

कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो

गाजामा इजरायली हमलाको ४८ घण्टा : ९० जना बढीको मृत्यु
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_6PqttWXwFX_b1utr7hqiby80nkyv0dgm3mv0spt1qihzmlelscskwx4g3t1f6evkz8qvtnv_qBNVJIPrhu_l3utme1hsqfkyorlahbkx4jqm75swnsk9zbugbrpmvb7mnknoizrcevru7s9.jpg)
ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार

अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने

कंगोमा डुङ्गामा आगलागी हुँदा १४३ जनाको मृत्यु

‘फोटो अफ द इयर’ पुरस्कार पाउने समर, जसले फोटोग्राफीको तालिमसम्म लिएकी छैनन्

प्रतिक्रिया